फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा
काठमाडौं । निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदाका लागि सरकारसमक्ष सिफारिस गरेको छ ।
सरकारले आयोगको सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् । अघिल्ला निर्वाचनमा सरकारले मतदानको दिनमात्रै सार्वजनिक बिदा दिने गरेको थियो ।
यसपटक निर्वाचनमा सबै जनताको उत्साहजनक सहभागिता वृद्धि होस् भन्ने उद्देश्यका साथ तीन दिन बिदा सिफारिस गरिएको छ ।
