sevenstartv.com ९ माघ २०८२, शुक्रवार

कांग्रेस विभाजनले निर्वाचनको मिति सर्न सक्ने त्रास

२ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कांग्रेसको आन्तरिक कारणले पार्टी विभाजन भए पनि त्यसको समग्र असर मुलुक, व्यवस्था र संविधानमाथि समेत पर्न सक्ने आकलन गरिएको छ । यसका साथै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन पनि प्रभावित हुने हो कि भन्ने आशंका बढ्न थालेको छ ।  कांग्रेसको विवाद तत्काल सुल्झिने सम्भावना भने देख्दैनन् । 

यो विवाद अब निर्वाचन आयोग हँुदै सर्वोच्च अदालतसम्म पुग्न सक्ने छ । दुवै पक्ष निर्वाचन आयोग जाँदा पार्टी कसको हो भन्ने निर्णय आयोगले गर्नुपर्छ । त्यो बाटोमा जाँदा आयोगले विशेष महाधिवेशनलाई मान्यता दिने कि संस्थापनको केन्द्रीय समितिको निर्णयलाई मान्ने भनेर टुङ्गो लगाउँला, तर त्यसको विपक्षमा परेको पक्ष अदालत जाने देखिन्छ । अदालत पुगेपछि निर्वाचन प्रक्रियालगायतको झगडा थप लम्बिने छ । 

एक पक्षले पार्टीको मान्यता पाएन भने उसले पार्टी दर्ता र वैद्यतामै प्रश्न उठाउँछ । यदि मान्यता पायो भने पनि पहिले पेस गरिएको समानुपातिक सूची आफ्नो नभएको भन्दै नयाँ सूची माग्न सक्छ ।  चुनाव नजिकिएको र समानुपातिक उम्मेदवारको सूची बुझाउने म्याद सकिएको अवस्थामा आधिकारिकता विवाद चर्किदा निर्वाचनका लागि समस्या हुने देखीन्छ ।

यो अवस्थामा फागुन २१ को निर्वाचन प्रभावित हुनसक्ने सम्भावना रहेको छ ।  कांग्रेस विभाजनकै कारण संविधान र लोकतान्त्रिक व्यवस्थामा असर गर्छ कि भन्ने चिन्ता धेरै जसोमा बढ्न थालेको छ । कुनै पनि लोकतान्त्रिक पार्टी विभाजन हुनुलाई सकारात्मक रूपमा लिन सकिदैन् । यो घटनाले देशको समग्र रुपान्तरण प्रक्रियालाई पार्ने असरबारे अहिले नै भन्न पनि सक्ने अवस्था छैन् ।  कांग्रेसको विभाजनले देशको समग्र रुपन्तरणको प्रक्रियालाई कति असर पार्छ, त्यो हेर्न बाँकी नै छ ।  

नेपालको लोकतान्त्रिक राजनीतिक यात्राको स्तम्भ स्थापित गर्ने अभियानमा रहेको दल संख्या र पदका लागि फुट्नु वा विभाजन हुनु भनेको राम्रो हाइन । त्यसमा पनि विचार र सिद्धान्तका लागि नभई संख्या र पदका लागिमात्र कांग्रेस विभाजन हुन पुगेको नेताहरुको भनाइ छ । एउटा पार्टीको आन्तरिक विवादका कारण चुनाव सर्ने वा स्थगित गर्ने काम गर्न नहुने धेरैको सुझाव छ । 

 

 

 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्