एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुसको अन्तिम हप्ता बस्ने
नेताको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक यहि पुस २६, २७ र २८ गते बस्ने भएको छ ।
काठमाडौंमा शुक्रबार बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम हप्ता दोस्रो केन्दीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले केन्द्रीय सल्लाहकार परिषद पनि गठन गरेको छ । बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने निर्णय पनि गरेको छ ।
११ औं राष्ट्रिय महाधिवेशनले संशोधन गरेर विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीहरुमा पठाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ । बैठकले नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई समेत दिएको छ ।
