sevenstartv.com १० माघ २०८२, शनिवार

मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति, आइतबार सभामुखको निर्वाचन हुँदै

५ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । मधेश प्रदेश सभामा सभामुख चयनका लागि शनिबार निर्वाचन प्रक्रिया शुरु हुँदैछ ।

मधेश प्रदेश सभा सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दिने समय तय गरिएको छ। प्रदेशसभा सचिवालयका अनुसार ३ बजेसम्म प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउने र साढे ३ बजे दर्ता क्रमअनुसार सूची प्रकाशन गरिने कार्यतालिका छ । 

सार्वजनिक सूचीका आधारमा आइतबार  दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । समर्थकले समर्थन गरेपछि उम्मेदवारमाथि सामूहिक छलफलपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गर्ने कार्यतालिका छ । 

गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डल अविश्वासको प्रस्तावबाट पदमुक्त भएका थिए। मण्डललाई पद अनुकुल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्