sevenstartv.com २९ मंसिर २०८२, सोमवार

ट्रान्सपरेन्सी नेपालले गर्याे महान्यायाधीवक्ता सबिता भण्डारीलाई साधारण सदस्यबाट निलम्बन

२८ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।

उनी सार्वजनिक पदमा पुगेको अनि त्यसपछि केही विवादमा पनि जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो । उनका अनुसार विवाद सुरू भएदेखि नै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएको थियो। तर उनले अस्वीकार गरेकी थिइन् ।

तर विषयवस्तु स्पष्ट पारेमा निलम्बनवारे विचार हुनसक्ने जनाइएको छ । विश्वव्यापी रुपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचार विरुद्ध वकालत गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्चरको रुपमा टीआई नेपाल सक्रिय छ । बरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थामा साधारण सदस्य छन् भने यसअघि पटकपटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्