sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक छ : मन्त्री पाण्डे

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक रहेको बताएका छन् । 

सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा उनले गौरा पर्व विशिष्ट प्रकारको पर्व भएको बताएका हुन् । उनले गौरा पर्वले मर्यादा, सद्भाव, आत्मियता र आत्मविश्वास बोकेको भएपनि त्यो कुरा व्यवहार र क्रियाकलापले देखाउन सक्नुपर्ने बताए  ।

उनले पर्वहरु भनेका राष्ट्रका आन्तरिक पक्ष भएको भन्दै पर्व र संस्कृति जोगाउन आवश्यक रहेको बताएका छन् । उनले आस्था जोगाउँदै विश्वासलाई अभिवृद्धि गरी विविधतापूर्ण संस्कृतिलाई मुलुकको साझा सम्पतिका रुपमा लिनुपर्ने बताए । उनले आगामी दिनमा देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्णका रुपमा चिनाउन आवश्यक रहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्