'गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गर्ने गरेको छ'
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुरसिंह ठकुरीले गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गर्ने गरेको बताएका छन् ।
सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा मन्त्री ठकुरीले कर्णालीको महान गौरा पर्व सम्मान र आत्मियताका साथ मनाइने गरेको बताएका हुन् ।
उनले पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु,आपसी एकता र सद्भावका लागि गौरा पर्वले भुमिका खेल्दै आएको बताउनु भयो ।
