sevenstartv.com ६ मंसिर २०८२, शनिवार

एक दिवशीय क्रिकेट : नेपाल विजयी

१४ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । साउथ अस्ट्रेलिया विरुद्धको एक दिवशीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । कप्तान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट प्रदर्शनपछि नेपालले हार नजिक पुगिसकेको खेल आफ्नो पक्षमा पारेको हो ।

जितका लागि साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४।१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा कप्तान रोहित पौडेले शतकीय पारी खेल्दै सर्वाधिक १०२ रन बनाए। सोमपाल कामीले ३८ रन जोडे ।

त्यसअघि ३६ ओभरमा ८ विकेट गुमाउँदा १७२ रन मात्र बनाएर धर्मराएको नेपालको इनिङ यी दुई जनाले उकासेर जित दिएका हुन् । टस हारेर पहिले ब्याटिङ थालेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा पूरै विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्