sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

आज यी नदीहरुमा छ आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

४ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । हाल बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले आज बिहान सार्वजनिक गरेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ । 

बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बुधबार ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ ।

साथै इलाम, झापा, मोरङ, उदयपुर, सोलुखुम्बु,, रसुवा, धादिङ, रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, लमजुङ, तनहुँ, गोरखा, जाजरकोट, रुकुम पश्चिम, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, हुम्ला, डोल्पा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्