ताप्लेजुङ गोल्डकपको उपाधि सिरहाको सलहेस क्लबलाई
काठमाडौं । तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सलहेस युवा क्लब सिरहाले जितेको छ । गतवर्षको उपविजेता सलहेसले ए डिभिजन लिग च्यम्पियन चर्चब्वाइज युनाइटेडलाई २/० गोल अन्तरले स्तब्ध पार्दै उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७९ औं मिनेटमा सुनिल खड्काले डेडलक तोडेपछि सलहेसले सुरुवाती अग्रता बनाएको थियो । सुनिलले डी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो । खेलको ८१ औं मिनेटमा सलहेसका फागुराम थारु र चर्चब्वाइजका चन्दन दास एकसाथ रेडकार्ड पाएर मैदानवाट बाहिरिएका थिए ।
अतिरिक्त समयको पहिलो मिनेटमा युसुफ मल्लिकले हेडमार्फत् गोल गरेपछि सलहेस २ को जितसहित च्याम्पियन बन्यो । जितसँगै सलहेसले ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गर्यो । उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँमा चित्त बुझायो। सलहेस गतवर्ष मोरङसँग १९० ले पराजित भएको थियो । यस वर्ष चार बिदेसी खेलाडीसहित सहभागी भएको यो मोफसलको टिम हो।

.gif)