sevenstartv.com ६ मंसिर २०८२, शनिवार

टप एण्ड टी-२० सिरिज : नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै

३१ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।  खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । 

यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकरसंग ४२ रनले पराजित भएको थियो । जितका लागि नर्दनले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रनको योगदान गरे । गुल्शन झाले २६ ,कप्तान रोहित पौडेलले २३ रन तथा दिपेन्द्र सिं ऐरीले १९ रन जोडेपनि अन्य खेलाडीले सम्झनलायकको प्रदर्शन गर्न सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको नर्दन टेरिटोरीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्