sevenstartv.com ६ मंसिर २०८२, शनिवार

जर्मनी महिला युरो कपको सेमिफाइनलमा

४ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । फ्रान्सलाई पराजित गर्दै जर्मनी युरो २०२५ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको १३ औं मिनेटमा १० खेलाडीमा सीमित बनेको जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित गरेको हो ।  आठ पटकको च्याम्पियन जर्मनीकी खेलाडी क्याथरिन हेन्ड्रिकले फ्रान्सकी कप्तान ग्रिज मोबोकको कपाल तानेपछि रातो कार्ड खाँदै मैदान छाडेकी थिइन् ।

 खेलको १५औँ मिनेटमा जर्मनीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलायो । त्यसको १० मिनेटमा फ्रान्सले बराबरी गोल फर्कायो । त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन सकेन ।  र खेलको निरणय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जर्मनीकी गोलकिपर एन–क्याट्रिन बर्जरले एलिस सोम्बाथको पेनाल्टीको बचाउ गर्दै ६–५ को जित दिलाएकी हुन् । 

सेमिफाइनलमा शुक्रबार राति भएको खेलमा आयोजक स्विट्जरल्याण्डलाई २–० गोलअन्तरले पराजित गरेको स्पेनले सेमिफाइनलमा जर्मनीको सामना गर्दैछ । पहिलो सेमिफाइनलमा आगामी बुधबार इटाली र इङ्ल्याण्ड भिड्नेछन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्