sevenstartv.com १ पुष २०८२, मङ्गलवार

देशभर मनसुन सक्रिय भएर धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

 काठमाडौं । देशभर मनसुन सक्रिय भएर धेरै ठाउँमा अहिले पानी परिरहेको छ । न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ ।

बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङसहित वर्षा भइरहेको छ 

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसैबीच कैलालीको मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने जोखिम भएकाले तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।महाशाखाले पर्साको रङ्गापुर टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपासका क्षेत्रमा रहेका दुधौरा, पसाहा पनि बाढीको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सचेत गराउँदै बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्