धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्छ : सांसद साह
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उनले कानून बनाउँदा उड्ने नभइ धर्तीलाई सुहाउने किसिमको बनाउनुपर्ने बताए ।
उनले संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको आरोप लगाएका छन् । व्यवहारिक रुपमा सोचेर कानून निर्माण गर्नुपर्ने बताए ।
