sevenstartv.com १९ वैशाख २०८३, शनिवार

कांग्रेस बैठकमा तदर्थमा चलेका भ्रातृ संगठनको महाधिवेशन गर्न प्रस्ताव

१६ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौँ । तदर्थको भरमा चलेका नेपाली कांग्रेसका भ्रातृ संगठनको महाधिवेशन गर्न नयाँ मिति प्रस्ताव गरिएको छ । 

पार्टी मुख्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा तदर्थ समितिको भरमा चलेका भ्रातृ संगठनको महाधिवेशन गर्नको लागि नयाँ प्रस्ताव पेश गरिएको हो । बैठकमा पार्टीका  महामन्त्री गगन थापाले भ्रातृ संगठनको महाधिवेशनको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।  महामन्त्री थापाले किसान महासंघको भदौ ३ गते, थारु संघको भदौ २० वा असोज २५ गते, लोकतान्त्रिक खेलकुद संघको भदौ २० वा २९ गते, तरुण दलको २६ देखि २८ गतेसम्म सक्न प्रस्ताव गर्नुभएको छ । दलित संघ, महिला संघ र नेविसंघको भने मिति तय हुन बाँकी छ । 

पार्टीको बैठक चल्दै गर्दा नेविसंघ र महिला सङ्घ लगायतका नेता कार्यकर्ताले तदर्थ समिति भंग गर्न माग गर्दै नाराबाजी गरेका थिए भने तरुण दलको असन्तुष्ट नेताहरूले आइतबारदेखि नै रिले अनसनमा छन् । कांग्रेसको केन्द्रीय समितिमा सरकारको कार्यशैली र संसदबाट पारित भएको बजेटसहित मुलुकको समसामयिक विषयमा छलफल भइरहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्