रुपन्देही क्षेत्र नं ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगकाे तयारि
काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर आयोगले रिक्त रहेको रुपन्देही(३ को उपनिर्वाचन गर्ने मिति तय भएको जानकारी गराएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित सांसद् दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र नं ३ रिक्त रहेको थियो । आयोगले यसअघि नै सो क्षेत्रमा उपनिर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।
यसैबीच प्रमुख दलहरूले पनि रुपन्देही क्षेत्र नं ३ का लागि उम्मेदवार चयन गर्ने प्रक्रिया सुरू गरेका छन् ।
