sevenstartv.com १९ वैशाख २०८३, शनिवार

पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

१६ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा पाउँदै आएको सरकारी सेवा सुविधा अबदेखि नलिने तयारी गरेकी छन् । 

पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा कायमै राखेर पार्टीको राजनीति गर्दा प्रश्न उठ्ने भएपछि साउन महिनाबाट सरकारी सेवा सुविधा नलिन गृह मन्त्रालयलाई पत्र पठाउने तयारी भएको बताइएको छ । 

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी भने हटाउन नमिल्ने स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्