sevenstartv.com १९ वैशाख २०८३, शनिवार

संसद्लाई जनउत्तरदायी बनाउनुपर्ने र संसदीय सर्वोच्चताका लागि लाग्नुपर्नेमा उपसभामुख रानाकाे जाेड

१६ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले संसदको  प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्त्वपूर्ण बन्दै गएको बताएकी छन् । संसद दिवस, २०८२  को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले भनीन्, 'संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन हामी सबैमा हुनुपर्छ, संसद् कमजोर हुँदा जनताका आवाजहरू दबाइन्छन् यसैले संसदीय सर्वोच्चताका लागि हामी सबै लाग्न जरुरी छ ।'

विसं २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिन्छ । उपसभामुख रानाले दिवसको अवसरमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबै खाले सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा होमिएका सबै जनताको अपेक्षा सबैले नीति र व्यवहारबाट पूरा गर्न अग्रसर हुन आह्वान पनि गरेकी छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्