sevenstartv.com १५ असार २०८३, सोमवार

मिसन ०८४ मा कसैले बाधा पुर्याउन खोजे हिसाब किताब हुन्छ : प्रधानमन्त्री ओली

१४ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मिसन ०८४ मा कसैले बाधा पुर्याउन खोजे त्यसको हिसाब किताब हुने बताएका छन् । 

शनिबार जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताउनु भयो । मिसन ०८४ मा बाधा कसैले पुर्याउन नसक्ने उनको भनाइ छ । 

पार्टीलाई एकतावद्ध, अनुशासित, वैचारिक हिसावले स्पष्ट, संगठानिक हिसावले एकतावद्ध, अनुशासित बनाएरु लिएर जाने कुरामा पार्टी नचुक्ने स्पष्ट पारे । महाधिवेशन आउनु भन्दा अगाडिदेखि कार्यकर्तालाई महाधिवेशन नलागे पनि केही स्वार्थ तत्वलाई लागिरहेको बताएका छन् । 

यस्ता खालका प्रवृत्तिहरुलाई कसैले पनि प्रोत्साहन नगर्न निर्देशन दिए । 

सम्बन्धित समाचार