तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले आज बिहान साढे १० बजे प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा हुने छलफलमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकहरुसँग छलफल हुने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक परेकाले सभामुखले रास्वपाका प्रमुख सचेतकसँग भने उनीहरूको बैठकपछि छुट्टै छलफल गर्ने तय भएको जनाइएको छ ।
