sevenstartv.com १५ असार २०८३, सोमवार

पूर्वप्रधानमन्त्री  नेपालले पार्टीको अध्यक्ष पद नछाड्ने

१३ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीको अध्यक्ष पद तत्काल  नछाड्ने भएका छन् । एकीकृत समाजवादीको शुक्रबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपालले पद अहिले छोड्न उपयुक्त नहुने निष्कर्ष निकालेको हो । 

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बिशेष अदाललतमा मुद्दा दायर भएपछि एकीकृत समाजवादीभित्र पूर्वप्रधानमन्त्री नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेता दुर्वै पद छोड्न्पर्ने आवाज उठ्न थालेको छ । तर चिवालय बैठकले मुद्दाको फैसला नभइसकेकोले अध्यक्ष नेपालले पद अहिल्यै छोड्न नहुने ठहर गरेको हो । बैठकले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोधका साथ भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष समेत निकालेको छ । 

सचिवालय बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रम भने सकिएको छैन । सचिवालय बैठक शनिबार पुन बस्ने भएको छ । 

सम्बन्धित समाचार