कांग्रेस र एमाले साना दलबाट आजित, अबका निर्वाचन एक्लाएक्लै लड्ने
काठमाडौँ । विगतमा साना पार्र्टीसँग हातेमालो गर्दै चुनावमा होमिने गरेका ठूला दल नेपाली कांग्रेस र एमालेले अब भने तीन वटै तहका निर्वाचन एक्लाएक्लै लड्ने योजना बनाएका छन् ।
कांग्रेस र एमालले विगतमा संसदमा ठूलो दल बन्ने महत्पकांक्षा लिएर साना दलसँग गठबन्धन गर्दै आएका थिए । कांग्रेसले २०७४ साल स्थानीय तह निर्वाचनमा एमालेलाई कमजोर पार्न नेकपा माओवादी केन्द्रसँग तालमेल गर्यो । त्यसको बदलामा एमालेले कांग्रेसलाई खुम्च्याउन २०७४ सालमै संसदीय निर्वाचनमा माओवादी केन्द्र चुनावी तालमेल र पछि पार्टी एकता समेत गर्यो । २०६४ सालको निर्वाचनमा मुलुकै ठूलो राजनीतिक दल बनेको माओवादी पार्टी विभाजन र विभिन्न कारणले खुम्चिँदै २०७० सालको निर्वाचनसम्म आइपुग्न संसदको तेस्रो दलमै सीमित भयो । त्यसपछि खिइँने क्रममा रहेको माओवादीले आफ्नो अस्तित्व जोाउनको लागि स्थानीय तह पुर्नसंचनापछि भएको निर्वाचनमा कांग्रेस र त्यसपछि संसदीय चुनावमा एमालेसँग तालमेल गर्नुपरेको हो ।
यसरी कांग्रेस र एमालेकै मत दिएर माओवादी संसदमा प्रभाव जमाउँदै विभिन्न चलखेलको माध्यमबाट सरकार परिवर्तनमा निर्णायक शक्ति समेत बन्न पुगेको छ । कांग्रेस र एमालेसँग छुट्टाछुटै भागबिलो लिएर माओवादी राष्ट्रियसभामा त ठूलो दल नै बन्न पुगेको छ । राष्ट्रियसभामा अध्यक्षसहित पाएको माओवादीले कांग्रेस र एमालेको बहुमतको गठबन्धन सरकारले गरेका निर्णय र प्रतिनिधिसभाबाट पारित भएका विभिन्न विधेयक राष्ट्रियसभामा पारित हुन नदिएर अड्काउन सक्ने र्हैसियत समेत बनाएको छ ।
विगतमा कांग्रेस र एमालेसँगको तालमेल र गठबन्धनकै कारण अतित्वमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलले सरकार फेरबदलको लागि चलखेल गर्ने मौका पाएका हुन् । साना दलको चलखेलकै कारण नेपालमा गणतन्त्र स्थापनापछि सरकार बारम्बार परिवर्तन हुँदै आएको छ । त्यसले संघीय लोकतान्बिक गणतन्त्रप्रति निकै नकारात्मक सन्देश प्रवाह गरिहेको छ । जसको कारण मुलुकमा राजतन्त्र पुर्नस्थापनाको माग र आन्दोलन समेत हुन थालेको छ । कांग्रेस र एमाले पछिल्लो समय साना दलका चलखेलले आजित भएका छन् । कांग्रेस र एमाले गणतन्त्र जोगाउन र साना दलको चलखेल रोक्ने उदेश्यले आगामी निर्वाचन एक्लाएक्लै लड्ने योजना बनाएका हुन् । पन्देही क्षेत्र नंम्बर ३ मा नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने गरी छलफल अगाडि बढाइसकेको छ । मुलुकमा अहिले रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य पद रिक्त छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएपछि त्यो क्षेत्र सांसद विहीन बनेको हो ।
यस्तै गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नंम्बर १ (२) मा मा पनि प्रदेश सांसद पद रिक्त छ । एको निर्वाचनमा त्यसक्षेत्रबाट निर्वाचित भएका दीपक मनाङेको सांसद पद अदालतले खारेज गरिदिएपछि मनाङ १ प्रदेश सांसदविहीन भएको हो । मलुकमा स्थानीय तहमा १३ वडा अध्यक्षको जनप्रतिनिधिको पद रिक्त छ । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि पूर्तिको लागि उपनिर्वाचन गर्ने तयारी अगाडि बढाएको छ । आयोगको तयारीसँगै कांग्रेस र एमालेले निर्वाचन एक्लाएक्लै लड्ने योजना बनाएका छन् ।
