sevenstartv.com २० वैशाख २०८३, आइतवार

सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य : गृहसचिव दुवाडी

१२ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताए । 

लागुऔषध दुव्र्यसनीले मुलुकलाई नै अध्याँरोतर्फ धकेलिरहेको जिकिर गरेका छन् । लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताए । लागुऔषधको नियन्त्रण गर्न एकल प्रयास मात्रै सम्भव नरहेको बताउँदै तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्