sevenstartv.com १५ असार २०८३, सोमवार

रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागेँ, अझै लाग्छुः अध्यक्ष दाहाल

१० असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् । 

सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरुले सहमति जनाएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए । 

 अझ पनि त्यही प्रयासमा आफू रहेको बताएका हुन् । रास्वपाका नेताहरुले यो कुरा पछि ब्झ्ने उनको भनाइ छ । 

सम्बन्धित समाचार