मलाई अपमान गर्नुस् सहन्छु तर शहीदको बलिदान र संविधानप्रतिको अपमान सह्य हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् । उनले ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान नगर्न सचेत गराए ।
अहिलेको प्रणालीको रक्षा गर्नु र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको बताएका हुन् । आफूमाथि कुने गाली, अपमान गरेको सहनसक्ने तर शहीदहरुको बलिदानप्रतिको अपमान सहन नसक्ने बताएका छन् ।
