sevenstartv.com २० वैशाख २०८३, आइतवार

संसदलाई नियमित सुचारु गर्नु रास्वपा र राप्रपाको पनि जिम्मेवारी हो : प्रमुख सचेतक घिमिरे

१० असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक अत्यन्तै स्वच्छ छविको इतिहास निर्माण गरेको व्यक्ति भएको भन्दै प्रशंसा गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरेले गृहमन्त्री लेखकको प्रशंसा गरेका हुन् । उनले गृहमन्त्री लेखक पटक पटक मन्त्री भएकाे बेदाग चरित्र रहेको समेत बताए । उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिलाई निष्पक्ष छानबिन र अनुसन्धानमा गृहमन्त्रीले भित्रैदेखि सदासयताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका दाबी गरे । 

उनले संसद बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगर्ने भन्दै प्रश्न गरे । उनले बनाइएको समितिलाई साथ दिन र समितिलाई अपनत्व गरेर शङ्काको सुविधा दिएर हेर्न रास्वपा र राप्रपालाई आग्रह गरेका छन् । उनले संसदलाई नियमित सुचारु गर्ने कुरामा रास्वपा र राप्रपाको पनि जिम्मेवारी हुने बताउँदै उक्त कर्तव्य निर्वाह आग्रह गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्