sevenstartv.com २० वैशाख २०८३, आइतवार

सत्तारुढ दलको बैठक जारी

१० असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता पक्षीय दलको बैठक बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी सहभागी छन् ।

बैठकमा दोस्रो तहका नेता पनि छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत पनि बैठकमा छन् । बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन, बजेटलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभा बैठकमा आज बजेट पारित गर्ने कार्यसूची छ । बिहान ११ बजे बस्ने बैठकमा आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसअघि सत्तापक्ष छलफलमा जुटेका हुन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्