बजेटप्रति प्रतिपक्ष भन्दा सत्तापक्षका सांसद्हरु बढी असन्तुष्ट छन् : सांसद् शाही
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुन निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणाली नबदलीकन बजेट नबदलिने जिकिर गरे ।
उनले चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका हुने तर बजेट नपर्ने समस्या रहेको बताए ।
बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसद्हरु रहेको दाबी गरेका छन् ।
