sevenstartv.com १५ असार २०८३, सोमवार

सत्ता र शक्तिमा भएकाहरूको गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय हुन्छ : अध्यक्ष केसी

८ असार २०८२, आइतवार स्टार संवाददाता


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरी लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले अहिले पनि संसद्  जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताएका हुन् । उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । 

अध्यक्ष केसीले सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय भएर जाने बताएका छन् । उनले देशमा केही हुन्न भन्ने भाव नयाँ पिँढीमा भएको भन्दै चिन्ता व्यक्त गरे । 

उनले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने बताउनु भयो । उहाँले सङ्घीय प्रणाली नेपालको प्रगति र उन्नतिको लागि नल्याइएको जिकिर गरेका छन् । 

सम्बन्धित समाचार