sevenstartv.com १५ असार २०८३, सोमवार

सरकारले कर आतंक सिर्जना गरी अर्थतन्त्र ड्यामेज गर्याे :सांसद् साह

८ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् । 

आइतबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद् शाहले यस्तो आरोप लगाएका हुन् । उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको उनको भनाइ छ । 

सांसद् शाहले सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुपर्नेमा उल्टै पुँजी पलायनलाई सहयोग पुग्ने नीति अवलम्वन गरेको समेत आरोप लगाए । 

सम्बन्धित समाचार