पुराना दलहरुले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाए : अध्यक्ष राई
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पुराना राजनीतिक दलहरुले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाएको बताएका छन् ।
ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा उनले पुराना राजनीतिक दलहरुले समाज, राष्ट्र, जनता र आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसकेको बताएका हुन् ।
उनले जसको परिणमतः पुनःउत्थानवादी शक्तिहरुले बढी चलखेल गर्ने आँट गरिरहेको बताए । पुराना दलहरुको कमी कमजोरीका कारणले पुनःउत्थानवादी शक्तिहरु सडक र सदनमा आएको जिकिर गरे । जनता समाजवादी पार्टीले अब जरैदेखि बलियो ढंगले आधार तयार गर्नुपर्ने बताए ।
