sevenstartv.com १५ असार २०८३, सोमवार

नेतृत्व गर्ने मान्छेले खुट्टा कमाएर अब मुलुक बन्न सक्दैन : सांसद् भण्डारी

५ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीले नेतृत्वमा रहेकाहरुले खुट्टा कमाएमा मुलुक बन्न नसक्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद् भण्डारीले यस्तो बताएका हुन् । उनले विनियोजित विधेयकमाथि सात वटा विषयमा छलफल गर्ने भनेर दलीय आधारमा समय मागेपनि अचानक तीन वटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको स्पष्ट पारे । 

शिक्षा, रोजगारी र दलालीको चंगुलमा परेर युवाहरु विदेश पलायन भइरहेको अवस्थामा बजेट ल्याउनु आवश्यक नभएको भन्दै बजेट भन्दा पनि वश्यकतातर्फ गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । सांसद भण्डारीले विधिको शासन, मुलुकको प्रगति र जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौं भनेर व्यवस्था ल्याएको पनि ३४ वर्ष बितिसकेको भन्दै संसदमा देखिएका असहमतिको समाधानका निमित्त सरकारलाई आग्रह गरेका छन् । 

सम्बन्धित समाचार