sevenstartv.com १५ असार २०८३, सोमवार

बजेटले संविधानले भनेबमोजिम तीन खम्बे अर्थनीतिको बेवास्ता गर्‍यो : सांसद् शर्मा

५ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् जनार्दन शर्माले संविधानले भनेअनुसार तीन खम्बे अर्थनीतिको बेवास्ता गरेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद् शर्माले संविधानले भनेको तीनखम्बे अर्थनीतिको विपरित नवउदारवादी मान्यतामा बजेट गएको आरोप लगाएका हुन् । उनले आजको आवश्यकतामा पुँजी निर्माणको महत्वलाई बजेटले वोध नगरेको र पुजिएको अर्थतन्त्रको रुपमा सुशासनले थला पारेको अवस्थामा संघीयतालाई कार्यान्वयन नगर्ने अवस्थामा प्रश्तुत भएको दाबी गरेका छन् । 

चालु खर्चको कटौतीका कुरा उठेको थियो, साना योजना नराख्ने कुरा उठेको थियो भन्दै सांसद शर्माले अर्थमन्त्रीलाई सुन्ना घटाउने र बढाउनेको अर्थमा लिएकाे टिप्पणी गरे । उनले संविधान कार्यान्वयनमा अवरुद्धता आइरहेको बताउँदै समितिबाट आएका विधेयकहरु संसदमै रोकिनु निर्माण भइसक्नुपर्ने कानून नबन्दा समस्या उत्पन्न भइरहेको दाबी गरेका छन् । 

सांसद् शर्माले स्थानीय तहलाई जनताको घरघरमा गर्ने सेवाका लागि स्रोत साधन र संरचना दिनुपर्नेमा संघले त्यो पनि कटौती गरेको आरोप लगाए । 

सम्बन्धित समाचार