sevenstartv.com २० वैशाख २०८३, आइतवार

देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्य : मन्त्री ठकुरी

४ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीले विकास निर्माणदेखि राज्यको मूल प्रवाहमा महत्वपूर्ण स्थान ओगटेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कर्णाली पछि परेको भनिए पनि आफूलाई त्यस्तो नलागेको बताए । उनले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको जिकिर गरेका छन् । मन्त्री ठकुरीले सबै राजनीतिक दल र  जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि एकमतका साथ अगाडी बढिरहेको दाबी गरे । 

उनले विकास निर्माणका सवालमा सबै एकसाथमा रहेको बताउँदै आगामी दिनमा पनि सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले राजनीतिक आस्था र विश्वास आ–आफ्नो ठाउँमा भएपनि देशलाई सङ्कट परेको बेलामा सबै एक ठाउँमा आएर देशलाई निकास दिनु र विकास गर्नु सबैको कर्तव्य रहेको जिकिर गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्