sevenstartv.com १५ असार २०८३, सोमवार

इजरायल र इरान युद्धको विरोधमा काठमाडौंमा शान्ति समाजको प्रदर्शन

४ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । इजरायल र इरानबिचको युद्धको अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । 

समाजले बुधबार काठमाडौंस्थित इजरायल दुतावास र इरानी वाणिज्य दुतावास अगाडी शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो । मानवअधिकार तथा शान्ति समाजले शुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो । 

समाजका सभापति रेनुका पौडेलले इजरायली दुतावास अगाडी आधा घण्टा र इरानी वाणिज्य दुतावास पनि आधा घण्टा प्रदर्शन गरेको बताए । उनले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताए । 

उनले इजरायल र इरानबिचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको बताएका छन् । 

सम्बन्धित समाचार