sevenstartv.com २० वैशाख २०८३, आइतवार

एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै

४ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको जनसङ्गठन संयन्त्रको बैठक आज बस्दै छ ।  बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्ने भएका छन् । 

हालसालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहने छन् । पार्टी स्थायी कमिटीका सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नेछन् । 

नयाँ नेतृत्वलाई सङ्गठन विस्तार,पार्टी र सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पुर्‍याउने, मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यान्वयन आदिका बारेमा प्रधानमन्त्रीले प्रस्ट पार्ने छन् । 

यसैगरी पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी र जनसङ्गठनबिचको समन्वयमा देखिएका अफठ्याराहरुलाई  सहजीकरण गरेर सङ्गठनको भूमिकालाई कसरी प्रभावकारी रूपमा स्थापित गर्ने भन्ने विषयमा स्पष्ट पार्नेछन् । नयाँ नेतृत्वलाई पार्टीको जनसङ्गठन संयन्त्रका नीति,विधि र भूमिकाका बारेमा जनसङ्गठन समन्वयका प्रमुखका बारेमा प्रमुख भानुभक्त ढकालले प्रस्ट पार्ने भएका छन् । 

बैठकमा हरेक जनसङ्गठनका अध्यक्षले महाधिवेशनपछि हालसम्मको  अवस्थाका बारेमा रिपोर्टिङ गर्ने कार्यसूची छ । बैठकबाट निवर्तमान अध्यक्षहरूलाई बिदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत पनि गरिने जनाइएको छ ।  एमालेका २३ जनसङ्गठन मध्ये समयअवधि पुगेका १६ वटा जनसंगठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशनहरू सुरु हुने चरणमा छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्