प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् ।
ओलीकै प्रस्तावमा दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा पछिल्लो सयम तिक्तता आएको सार्वजनिक टिप्पणी भइरहेका बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भेटमा पूर्वराष्ट्रपति भण्डारी र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेटमा भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी छन् ।
