sevenstartv.com १५ असार २०८३, सोमवार

दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

२ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार ९साइबर अपराध० मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए । प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।

 

सम्बन्धित समाचार