दलका प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल
काठमाडौं । प्रतिनिधिसभामा जारी अवरोध समाधानका लागि सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् ।
सभामुखले नयाँ बानेश्वरस्थित संघयि संसद भवनमा सत्तापक्षीय र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । छलफलमा सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।
यस्तै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् । छलफलमा उपसभामुख इन्दिरा राना पनि उपस्थिति छिन् ।
सभामुखले संसदमा जारी अवरोधबारे सोमबार बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए ।
