sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो सद्भावयुक्त परम्परा हाे : सभापति देउवा

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताएका छन् ।

गाईजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको उल्लेख गरे ।

उनले सन्देशमा भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरूको मौलिक सांस्कृतिक पर्व गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व हो ।’

सभापति देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताएका छन् ।



स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्