sevenstartv.com २० वैशाख २०८३, आइतवार

अमेरिकाबाट नेपालमा धेरै लगानी भित्र्याउँ : प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा

२९ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डाक्टर युवराज खतिवडाले अमेरिकासँगको वैदेशिक व्यापार बढाउन युएसको प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० नेपालमा थप आकर्षण गर्न जरुरी रहेको बताएका छन् । 

नेपाल गार्मेन्ट एशोसिएशन, नेपाल-यूएसए चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री र नेपाल कार्पेट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनद्वारा बुधबार काठमाडौंमा संयुक्त रूपमा आयोजित ‘नेपाल–अमेरिका व्यापारः अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा पूर्वअर्थमन्त्री समेत रहनुभएका डा. खतिवडाले अमेरिकासँगको व्यापार बढाउन त्यहाँबाट नेपालमा हुनसक्ने लगानी धेरैभन्दा धेरै भित्र्याउनुपर्ने बताएका हुन् । 

उनकाअनुसार अमेरिकी प्रत्यक्ष वैदेशिक लगानीलाई जोड दिदाँ यो लगानीले हाम्रा उत्पादनहरूको मूल्य श्रृंखलालाई बलियो बनाउँछ । जसले निर्यातमा नयाँ उचाई दिन्छ । साथै लगानीसँगै आधुनिक प्रविधि पनि आउँछ, जसले हाम्रा उत्पादनहरूलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सघाउ पुग्छ ।

खतिवडाले नेपालले अमेरिकासँग द्विपक्षीय लगानी सम्झौता गरेर व्यापार सम्बन्ध अघि बढाउनसके त्यसबाट नेपालले धेरै लाभ लिनसक्ने बताए । भविष्यमा लगानी बढ्दै जाँदा कर सम्झौता ९डिटिए० को आवश्यकता पर्दा पनि नेपालले त्यसलाई समेत अघि बढाउन सक्नुपर्ने उनको भनाई छ ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्