सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं ।सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले घटेर दुई लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ४३१० रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४२ हजार १ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३६९५ रुपैयाँ कायम भएको छ ।
