मुलुकको सुमचित विकास गर्नसके वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर रोकिन्छ : पूर्वगभर्नर नेपाल
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीविकुमार नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन् ।
बिहीबार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर नेपालले यस्तो बताएका हुन् । जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको उनको भनाइ छ ।
सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरु पलायन हुने गरेको उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताएका छन् ।
