sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् ।

पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँछन् । यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ । ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन÷रैब पर्व वा बडका अटवारीका रुपमा मनाउने गरिन्छ । यसवर्ष बडका अट्वारी भने भदौ २३ गते परेको छ । 

आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । यसपर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ । आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद्को भनाई छ ।

यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी प्रकृति र कूल देवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।यसैगरी धार्मिक मान्यता अनुसार बाल–बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली-नालीमा रोग-व्याधि नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन रहँदै आएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्