sevenstartv.com २ चैत २०८२, सोमवार

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तकाे बिदाइ

१६ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् ।

साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो । गुठी संस्थान र कोषले साधुसन्तहरूको वर्गिकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । 

वर्ग अनुसार दुई सय देखि ९ हजारसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए । साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको विदाइ गर्ने गरेको उनले बताए ।

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपतिनाथको विभिन्न स्थानमा  राखी खाने,बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औंसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्