sevenstartv.com २ चैत २०८२, सोमवार

पाशुपत क्षेत्र नेपालमा रहनु नेपालीका लागि गौरवको विषय हाे : राष्ट्रपति पौडेल

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।

महाशिवारात्रि पर्वका अवसरमा शुभकामना दिँदै उनले आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको धारणा राखेका हुन् ।

राष्ट्रपति पौडेलले महाशिवरात्रि पर्वले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्