नवलपरासीको त्रिवेणीधाममा श्रद्धालुको घुइँचो
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न श्रद्धालुको घुइँचो लागेको छ ।
बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् ।
माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ ।
