sevenstartv.com २ चैत २०८२, सोमवार

माघी नजिकिएसँगै तयारीमा जुटे थारु समुदाय

२८ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएको थारू समुदायका बस्तीमा यति बेला माघी पर्वको तयारीले भएरहेको  छ । 

नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको तयारीमा थारू समुदाय व्यस्त छ । माघी पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा चहलपहल बढेको छ ।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न महिलालाई भ्याइनभ्याई छ । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको छ । 

 थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । त्यस्तै माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको समेत आयोजना गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्