sevenstartv.com १ पुष २०८२, मङ्गलवार

मधेश बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना

२६ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । 

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा हल्का पानी परिरहेको छ । महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच सुर्खेतको भेरी नदी समजिघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले भेरी नदीको तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्