sevenstartv.com २७ मंसिर २०८२, शनिवार

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

५ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण   लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

 देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । 

 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्